काठमाडौँ । काठमाडौँको चोभारमा गोली प्रहार गरी एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली प्रहार गरी एकजनालाई पक्राउ गरिएको जनाइएको छ।
कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले उक्त घटनामा सुजन शाही भन्ने व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए।
घाइते भएका उनलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ।
उनी केही दिन अघि कीर्तिपुरमा गुल्मीका विपिन घिमिरेको हत्या प्रकरणका आरोपी भएको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रयोग गरी घिमिरेको हत्या गरिएको थियो।











