दाङ । दाङमा ७ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा ७५ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा बस्ने गिरीराज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












