चितवन । भरतपुर महानगरपालिका–११ भोजाड चोक नजिकै नेटको तार घाँटीमा अड्किएर पल्टिँदा मोटरसाइकल चालक घाइते भएका छन्।
शनिबार बेलुका ६ः३५ बजेको समयमा नेटको तार सडक पार गराई टाँग्ने क्रममा विशालचोकबाट पदमपुरतर्फ जाँदै गरेको ना ४३ प ८१९१ नम्बरको मोटरसाइकल चालकको घाँटीमा तार अड्किँदा मोटरसाइकल पल्टिएको अस्थायी प्रहरी बिट भोजाडले जानकारी दिएको छ ।
मोटरसाइकल पल्टिदा चालक भरतपुर–११ भोजाड बस्ने वर्ष ४५ को बिशाल गुरुङको घाँटीमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।












