बाँके । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आउने चुनावमा आफ्नै खुट्टामा उभिने दाबी गरेका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आइतबार बाँकेको राप्ती सोनारी–६ फत्तेपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले कांग्रेस र एमालेसँग समीकरण गर्दा फाइदा जति कांग्रेस र एमालेले उठाएको बताए ।
‘कांग्रेस र एमालेसँग समीकरण गरेर फाइदा जति कांग्रेस र एमालेले उठाए, घाटा माओवादीलाई भयो, अब हामी उनको खुट्टामा उभिने छैनौं,’ उनले भने ।
माओवादी आफ्नै खुट्टामा उभिएर अगाडी बढ्दा केही परिणाम उप–चुनाव र स्ववियु निर्वाचनबाट देखा परिसकेको उनको भनाइ छ ।












