काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्राडा केशरजंग बरालले काम गर्न नसकेरे राजिनामा दिएको आरोप लगाएका छन् ।
एमालेले आज बुटवलमा गरेको प्रदेश स्तरीय जनजागरण सभालाई सम्बोधन गर्दै उनले उपकुलपतिको राजिनामा प्रकरणको पनि चर्चा गर्ने क्रममा सो आरोप लगाएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, एउटा उपकुलपति काम गर्न सकेनछन्, राजिनामा फ्याकेछन् । प्रधानमन्त्री ओलीले बरालको राजिनामा स्वीकृतमा ढिलाइ हुनुको कारणमा आफूसग राजिनामा पत्र आउन ढिलाई भएको तर्क समेत राखे ।
राजिनामा कतिदिन पछि म कहा आइपुग्यो, राजीनिामा स्वीकृत गर्दैन भन्छन् पत्र पत्रिकाहरुले, राजिनामा छदैछैन त कहाबाट स्वीकृत गर्ने रु प्रधानमन्त्री ओलीले भने, न भेटेको छ, न राजिनामा गर्छु भनेको छ, न यस्तो समस्या भो भनेको छ, राजिनामा कोही मार्फत पठाएको थियो अरे, त्यो पुग्न पाएको छैन् अखवारबाजी भयो, आएपछि राजीनामा स्वीकृत गर्दिए, भेरिफाइ गरेर । राजिनामा स्वीकृत पछि फेरी द्धन्द्धको कुरा उठाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टी ब्यक्त गरे ।












