काठमाडौं । तीनकुने प्रदर्शनमा हिंसा भड्काएको आरोपमा फरार रहेका दुर्गा प्रसाई पक्राउ परेका छन्।
उनलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जानकारी दियो। गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके हुन् प्रसाईं ।
प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।












