काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छ्न् ।
धरानको खानेपानीको समस्या दर्शाउँदै उनले समाधानको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
साम्पाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री भेटेका हुन् ।
साम्पाङसँग प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् ।












