चितवन । भोलि हुने भनिएको पुलचिज–गोन्द्राङ सडकखण्ड उदघारन कार्यक्रम स्थगित भएको छ ।
छ लेनमा विस्तार भएको ६.०८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उदघाटन कार्यक्रम स्थगित भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको मुख्य बजार नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको सडक प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २५ गते सोमबार उदघाटन गर्ने तयारी थियो । तर प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सडक उदघाटन कार्यक्रम स्थगित गरिएको हो ।
प्रधानमन्त्री ओलीले २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास गरेका थिए । शिलान्यास भएको ४ वर्षपछि विस्तारको काम सकिएको हो ।












