चितवन । भरतपुर महानगरपालिका–१६ छहारीचोकमा अटो र मोटरसाइकल आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् ।
आइतवार बेलुका ६ः४० बजेको समयमा गाविस चोकबाट बिजयनगरतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००१ ह ०१२६ नम्बरको अटो र शान्तिचोकबाट लमजुङचोक तर्फ जादै गरेको ना २७ प ९९८९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदामा मोटरसाइकल चालक र अटोमा सवार चालकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा मोटरसाइकल चालक माडी नगरपालिका–९ बस्ने वर्ष २५ को अजय दमाइ, अटो चालक भरतपुर–१३ लालीगुरास टोल बस्ने वर्ष ४५ को चित्रबहादुर थापा मगर, अटोमा सवार भरतपुर–५ बस्ने वर्ष २३ की सीता अधिकारी, अटोमा सवार सोहि ठाउँ बस्ने वर्ष १४ को हिरन अधिकारी र अटोमा सवार सोहि ठाउँ बस्ने वर्ष ३२ को राजन अधीकारी रहेका छन् ।
मोटरसाइकल चालकको अवस्था मध्यम रहेको छ भने अन्य चार जनाको अवस्था सामान्य छ ।












