आज २०७९ साल मंसिर २० गते मंगलवार, तदनुसार सन् २०२२ डिसेम्बर ६ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक ठाउँमा धन खर्च होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । कामहरू अधुरै रहलान् । वैदेशिक क्षेत्र कमजोर रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज राजनीति अधिकारमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शिक्षामा सफलता मिल्ला । धनमाल पनि हात लाग्न सक्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा विना कामका चिन्ताले सताउनेछन् । नजीकका व्यक्तिहरु सँग झगडा पर्न सक्नेछ, साँझमा भने कतैबाट शुभ समाचार सुन्नमा आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगानीको वातावरण बन्नेछ । मुद्दा मामिलामा सफलता पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।












