काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको चियापान कार्यक्रममा सहभागी भएका छन् ।
पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त कार्यक्रम आम्रपाली ब्यैङ्क्युुट, बालुवाटारमा भएको थियो ।
प्रधानमन्त्री ओलीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरुले स्वागत गरेका थिए ।