चितवन । चितवनमा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाईते भएकी छन् ।
भरतपुर महानगरपालिका–१६ फुर्तिचोक बस्ने ६० वर्षीय बिष्णुमाया थापाको आफ्नै घरमा आगो ताप्ने क्रममा दुवै तिघ्रा जलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बुधबार दिउँसो करिब २ बजेको समयमा घाइते भएकी थापाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर ल्याइएको थियो । मध्यम अवस्था भएकी उनलाई थप उपचारको लागि मौलाकालीका अस्पताल रिफर गरेको प्रहरीले जनाएको छ ।












