चितवन । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको ग२४प १६४८ नं को मोटरसाइकलले प्रहरीको चेकिङ देखेर भाग्न खोज्ने क्रममा सोही दिशाबाट जाँदै गरेको ना५१प२१९५ नं को मोटरसाइकलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बेलुका करिब ८ बजेको समयमा भरतपुर–१९ गैरी चौतारा नजिक उक्त दुर्घटना भएको हो ।
भाग्ने मोटरसाइकल चालक भरतपुर–१५ बस्ने २९ वर्षिय बिजन गुरुङ र अर्का मोटरसइकल चालक भरतपुर–२६ बस्ने १९ वर्षिय बालचन्द्र पौडेलको हातखुट्टामा सामान्य चोट लागि स्थानीय जनता केयर अस्पताल चनौलीमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।












