चितवन । चितवनमा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने ५ जना पक्राउ परेका छन् । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर–२ आँपटारीमा सोमवार जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले संयुक्त रुपमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
४६ जना सवारी चालकको मुत्र परीक्षणमार्फत लागुपदार्थ सेवन परीक्षण गरिएकामा पाँच जना चालकले लागुपदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनीहरुलाई तत्कालै पक्राउ गरी चितवन जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।
पक्राउ पर्नेमा बागमती प्रदेश०१–०२३ च ४८२१ नम्बरको बोलेरो चालक चितवन रत्ननगर–९ बस्ने २१ वर्षी विपिन कुमाल, ना ३ ख ६९७० नम्बरको ट्रक चालक नवलपुर कावासोती नगरपालिका–१ बस्ने ३० वर्षीय सुशिल पाण्डे, लु २ च ६९९६ नम्बरको बोलेरो चालक रुपन्देही सिहारी गाउँपालिका–१ बस्ने २५ वर्षीय पल्टन कुईरी, बागमती प्रदैश०३–०७–०३ च ०७९९ नम्बरको बोलेरो चालक धादिङ बेनिघाट रोराङ–१० बस्ने २३ वर्षीय साजन श्रेष्ठ र बागमती प्रदेश३–००१ च ०६९७ नम्बरको योद्धा गाडी चालक भरतपुर–२४ बस्ने २७ वर्षीय रणु बम्जन रहेका छन् ।











