काठमाडौँ । सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले माइतीघरमा धर्ना दिएको छ। बुधबार बिहान माइतीघर मण्डलामा दृष्टिबिहीनहरूले धर्ना दिएका हुन्।
राज्यले पछाडि पारेका आफूहरुलाई राज्यले आफ्नो हातमा भएको सीप पनि प्रयोग गर्न नदिएको आरोप प्रदर्शनरत दीपराजले बताए। आफूहरुको आयश्रोतको माध्यम भनेकै सांगीतिक कार्यक्रम भएको बताए। साँस्कृतिक कार्यक्रम गर्दा पशशुपति क्षेत्र विकास कोष, महानगर प्रहरी, बौद्ध विकास कोष, जनपथ प्रहरीले धरपकड गर्ने, कुटपिट गर्ने काम भएको आरोप लगाए।
आफैँसँग हारेका दृष्टिबिहीहरूको अन्तिम विकल्प नै अरुको सहयोग लिनुपर्ने भए पनि सरकारले अरुको सहयोग लिन नदिएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी दिनमा यसबारे सोचोस् भनेर माइतीघरमा आन्दोलन गर्न आएको बताए।
सरकारले हुन्छ मात्रै भन्ने तर माग पूरा नगर्ने गरेको आरोप उनले लगाए। गाँस, बास र कपासको माग पूरा नभएसम्म धर्ना कार्यक्रम गर्ने चेतावनी दिए। सात दिनसम्म माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको र सात दिनसम्म पनि माग पूरा नभए रिले अनशन शुरु गर्ने चेतावनी दिए।
शिक्षित व्यक्तिलाई जागिरको व्यवस्थापन गर्न दिनुपर्ने, अशिक्षितलाई जीवनयापन भत्ताको व्यवस्थापन गर्नुपर्ने, दृष्टिविहीनका साथै पूर्ण रुपमा अपाङ्गता भएकाहरुलाई सरकारले व्यवस्थापन गर्नुपर्ने बताए।











