काठमाडौं । धादिङको मलेखुमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए । उनका अनुसार राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।











