काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको गोरङ्गे ब्यारेकमा ग्रेनेड विस्फोट हुँदा एक सैनिक जवानको मृत्यु भएको छ।
मृतक कञ्चनपुरका ३७ वर्षका हिमाल विक्रम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । भने बम विस्फोटबाट कैलालीका सहसेनानी हिमराज जैसी घाइते भएका छन।
गम्भीर घाइते जैसीको समान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइदै गरेको प्रहरीले जनाएको छ ।
ब्यारेकभित्र नियमित सैन्य गतिविधिका क्रममा अचानक ग्रेनेड विस्फोट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। विस्फोटमा घाइते भएका दुवै सैनिकलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो।











