चितवन । बोस्टन इन्टरनेशनल कलेजमा भएको बिआइसी ह्याकाथनमा भरतपुर–२ स्थित फोर्व्स कलेजले ‘बेस्ट टेक्नोलोजी’ अवार्ड जितेको छ।
बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ३ देखि पुस ५ गतेसम्म सञ्चालन गरेको चौंथो संस्करणको ह्याकाथनमा फोर्व्स कलेजको टिम ‘सिक्दै जाऔँ’ले बेस्ट टेक्नोलोजी अवार्ड जितेर नगद १० हजार रुपैयाँ प्राप्त गरेको हो । ह्याकाथनमा टिम ‘सिक्दै जाऔँ’ले बेस्ट टेक्नोलोजी अवार्ड जितेकामा कलेजका प्रिन्सिपल हरि पाठकले विद्यार्थीहरुलाई बधाई दिए ।
ह्याकाथनमा युनाइटेड टेक्निकल कलेजको युनाइटेड टेक क्लबले ग्राउन्ड ब्रेकिङ परियोजना प्रस्तुत गरी प्रथम अवार्ड जितेको हो । ग्राउन्ड ब्रेकिङ परियोजनाको समाधानले यसको नवीनता, स्केलेबिलिटी र विश्व प्रभावको साथ निर्णायकहरुलाई प्रभावित गर्दै ५० हजार रुपैयाँ पुरस्कारसहित रनिङ शिल्ड, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै, द्वितीय अवार्ड इनोभेटिभ आइडिया अवार्ड अरोमा इङ्लिस बोर्डिङ स्कुलको टिम भिजनले जितेको छ । टिम भिजनले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । ह्याकाथनमा १७ वटा टिम सहभागी थिए ।











