काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध एक विकेटको जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ ।
लिगको अन्तिम खेल जितेपछि काठमाडौंले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।
अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ ।
काठमाडौंले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।












