चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन आउँदै छन् । माडीमा निर्माण सम्पन्न भएको पुलको उद्घाटन लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड चितवन आउन लागेका हुन् ।
प्रचण्ड पहिलो फ्लाइटमा नै भरतपुर विमानस्थलमा आइपुग्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । बिहान ८ बजे नै माडी पुगेर उनी सडक शिलान्यास, पुल उद्घाटन, खोला तटबन्धको शिलान्यासमा सहभागी हुने छन् । दिउँसो २ बजे उनी माडीमा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।
प्रचण्डले यसअघि नै चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने बताइसकेका छन् । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि प्रचण्डले क्षेत्र नं ३ बाट नै निर्वाचित भएका थिए । तर, त्यतिबेला बाम गठबन्धन थियो । एमालेको बलमा प्रचण्डले निर्वाचन जितेका थिए ।











