आज २०७९ साल मंसिर ९ गते शुक्रवार, तदनुसार सन् २०२२ नोभेम्बर २५ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सरकारी निकायको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । अरुको मन जित्न सकिनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । आँटेको कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउने वा चोरी हुने भय छ । वैदेशिक क्षेत्र कमजोर रहला । विचार गरेर निर्णय लिनु उचित हुनेछ । पारिवारिक समस्या आइपर्ला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अचल सम्पत्ति हात पर्ने योग छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । स्वादिष्ट भोजन पाइनेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । प्राविधिक क्षेत्रको काम अघि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।









