चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट भारी मतान्तरले निर्वाचित भएका छन् । उनी ३४ हजार २८१ मतान्तरले निर्वाचित भएका हुन् । रविले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत मात्रै प्राप्त गरे । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएर तेस्रो भए ।
उनको जीतमा खुसीयाली मनाउन उनका समर्थकहरु मतगणना स्थलमा पुगेका थिए । स्वतन्त्र पार्टीले रविको जीतपछि गेष्ट हाउस चौरमा धन्यवाद सभाको आयोजना गरेको थियो । निर्वाचित भएपछि सञ्चारकर्मीसँग भेटघाटगरी उनी गेष्ट हाउस चौरमा मतदातालाई धन्यवाद दिन पुगे । धन्यवाद सभामा उनका हजारौँ समर्थकको सहभागीता थियो ।