चितवन । सिद्धि हाउजिङ कम्पनीको रियलस्टेट ब्राण्ड सुख भिल्लाजले चितवनमा ७० वटा आवासिय भवन बनाउने भएको छ । कम्पनीले आज (शुक्रवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो परियोजनाबारे जानकारी दिएको हो । सुख भिल्लाज चितवन परियोजनाको एक कार्यक्रमका बीच प्रि–लन्च पनि गरिएको छ । कम्पनीले भरतपुर महानगरपालिका–९ बसन्त चोकबाट ३०० मिटरभित्र ५२ कठ्ठा जग्गामा ७० वटा आवासिय भवन बनाउन लागेको हो ।
१० देखि १२ धुरमा निर्माण हुने भवनहरु सबै साढे दुई तलाका हुने कम्पनीका लगानीकर्ता शौरभ तिमिल्सिनाले बताए । १० धुरमा निर्मित २६९५ वर्गफुटको दुई करोड ६५ लाख रुपैयाँ पर्ने घरलाई विशेष प्रि–बुकिङ छुट योजना अन्तर्गत दुई करोड २५ लाख रुपैयाँमा विक्री गरिने उनले बताए । उनका अनुसार आवासिय भवन निर्माण कार्य सुरु भइसकेको छ । ३० महिनाभित्र भवनहरुको निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ ।
सुख भिल्लाज हाउजिङमा २०० जना क्षमताको हल, स्वीमिङ पुल, मन्दिर, बगैंचा लगायतका सामुदायिक सुविधाहरु पनि रहनेछन् । आफ्नो जीवनशैलीलाई आधुनिकतातर्फ लैजान इच्छकु परिवारका लागि सुख भिल्लाज परियोजना उपयुक्त हुने उनले बताए । पर्साको वीरगञ्ज र काठमाडौँको बाफल र सानो भ¥याङमा पनि सुख भिल्लाज परियोजनाका आवासिय भवनहरु निर्माण भएका छन् ।











