काठमाडौं । नेपालमा लोडसेडिङको अन्त्य गर्ने कामको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाबी गरेका छन् ।
पार्टीले आज काठमाडौंमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘पहिले दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएका समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो ।´
अध्यक्ष ओलीको त्यही योजनाको परिणामस्वरुप नेपालले भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरी विद्युत आयात गरेर नेपाललाई अँध्यारो समयबाट उज्यालो युगतर्फ फर्काउने काम गरेको उनले दावी गरे ।











