आज २०७९ साल मंसिर ३ गते शनिवार, तदनुसार सन् २०२२ नोभेम्बर १९ तारिख । विभिन्न राशि भएको व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ । आस्था, धर्म, तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कमको योजना समेत बन्ने देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नयाँ रोजगारीको योजना बन्नेछ । गरेको कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।












