चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी आम सभा मंसिर १ गते नारायणी नदी किनारमा हुने भएको छ । दिउँसो ३ बजेदेखि हुने सभालाई पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।
लामिछाने चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्दै छन् । यसअघि सत्ता गठबन्धन र नेकपा एमालेले चितवनमा चुनावी सभाको आयोजना गरिसकेका छन् ।











