चितवन । कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा गरेको एउटा मात्रै काम भन्न ओलीले चुनौती दिएका छन् । भरतपुरमा आयोजित एमालेको विशाल सभामा बोल्दै ओलीले देउवालाई कुनै सभामा उभिएर आफूले गरेको एउटा मात्र काम भन्न चुनौती दिएका हुन् ।
‘कुनै सभामा उभिएर पाँच पटक प्रधानमन्त्री हँदा गरेको कुनै एउटा मात्रै काम भन्नुहोस्, उनले भने, ‘सभामा भन्न सक्नुहुन्न भने, घरै टेलिभिजन बोलाएर भन्नुस् हामी हेरिदिउँला ।
एमालेले मात्रै देश जोगाउने सोचिरहेको उनले बताए । ‘गठबन्धनले जित्ने हो भने ६ महिना टिक्दैन । उनीहरुको समान नीति छैन, उनले भने, ‘अनेक दिशामा मुख फकेर्को छ । स्थिरताको लागि एमाले चाहिन्छ ।’
त्यस्तैगरि, नेकपा माओवादी केन्दका अध्यक्ष प्रचण्ड स्वार्थको राजनिती गरिरहेको बताए । विस्तारामा छटपटाइरहेकालाई प्रचण्ड को हुन् भन्ने थाहा भएको उनको भनाई थियो ।











