चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी भन्ने स्थानमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।
आज दिउँसो ३ बजेको समयमा नारायणगढबाट पोखरा जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशातर्फ जादै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल बोकेको तेल ट्याङकरको पछाडि ठोक्किदा बसमा सवार १६ जना यात्रु घाइते भएका हुन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । दुवै सवारी साधन र ट्यांकर चालक वीरगञ्ज महानगरपालिका–१६ बस्ने बर्ष ४२ को परवेज आलम प्रहरीको नियन्त्रणमा छन् ।
चितवन मेडिकल कलेजमा १० जना, पुरानो मेडिकल कलेजमा एक जना र भरतपुर अस्पतालमा चार जना यात्रु उपचाररत छन् ।
उपचाररत घाइतेहरुको नाम
१. बस चालक बारा निजगढ नगरपालिका–१३ बस्ने बर्ष ४१ को लाल बहादुर घलान (अवस्था मध्यम)
२. सह चालक तनहुँ भानु नगरपालिका–१ बस्ने बर्ष ३९ को राजेन्द्र क्षेत्री (मध्यम)
३. बसमा सवार भरतपुर–१६ बस्ने बर्ष २६ कि विनिता सुवेदी आचार्य (मध्यम)
४. निजको छोरा वर्ष ४ विप्लव आचार्य (मध्यम)
५. तनहु बन्दिपुर गाउँपालिका–१ बस्ने बर्ष ५३ को बद्री कुमार श्रेष्ठ (मध्यम)
६. निजको श्रीमती बर्ष ५३ की सृजना श्रेष्ठ (गम्भिर)
७. भानु–४ बस्ने बर्ष ४१ की सृजना रानाभाट (मध्यम)
८. सोहि ठाउँ बर्ष २५ की अमृता रानाभाट (मध्यम)
९. तनहुँ ब्यास नगरपालिका–१२ बस्ने बर्ष ६० को झलक बहादुर थापा (मध्यम)
१०. म्याग्दि गाउँपालिका–१ बस्ने बर्ष ३३ कि मनमाया आले (मध्यम)
११. निजको छोरा बर्ष ७ को रिसभ आले (मध्यम)
१२. तनहु व्यास–१ बस्ने बर्ष २९ कि अमृता थापा (मध्यम)
१३. लमजुङ सुन्दर बजार–१० बस्ने बर्ष ३२ को पदम भुजेल (मध्यम)
१४. तनहुँ ब्यास–१ बस्ने बर्ष ४३ की कमला माया थापा (मध्यम)
१५. तनहुँ व्यास–६ बस्ने वर्ष २७ को निरज गिरी (मध्यम)
१६. निजको छोरा वर्ष ५ को सुलभ गिरी (सामान्य)












