काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज दुग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेको छ।
आज लैनचौरस्थित कार्यालयमा पुगेर सिआइबीको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। कागजात नियन्त्रणमा लिएको कुरा सिआइबीले पनि पुष्टि गरेको छ तर कारण भने खुलाएको छैन।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको बताए तर उनले अनुसन्धानमै रहेकाले कारण भने खुलाएनन्।
हाम्रो काम नै नियन्त्रण र अनुसन्धान गर्ने भन्दै उनी कारण दिनबाट पन्छिए। केही अघि प्रधानमन्त्री बालेन्द्र शाहले याक चिज खाएको तस्वीर सार्वजनिक गरेपछि डीडीसीको नाम चर्चित भएको थियो।











