भरतपुर । भरतपुरको त्रिचोकमा विकास कोइराला समूहले जुलुस निकालेका छन् ।
जिल्ला कांग्रेसको पूर्व सभापति समेत रहेका कोइरालाले २०७० सालको निर्वाचनमा चितवन–४ का उमेदवार कांग्रेसका केन्द्रिय सभापति सुशिल कोइराला विरुद्ध बागी उमेदवारी दिएपछि कोइरालालाई पार्टीबाट निश्कासन गरिएको थियो । पार्टीबाट निश्कासित भएपनि जिल्लामा कोइरालाको प्रभाव अझै पनि छ ।
कोइरालाको कारबाहि फुकुवाको माग गर्दे प्रधानमन्त्री तथा पार्टी सभापति सेर बहादुर देउवा अगाडी उक्त समुहले जुलुस निकालेको हो । देउवा कांग्रेस केन्द्रिय सदस्य टेक प्रसाद गुरुङलाई भेट्न जाने क्रममा त्रीचोकमा नारा लगाएका हुन् ।
आजै दिउँसो हुने सत्ता गठबन्धनको चुनावी कोणसभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् ।












