आज २०७९ साल कार्तिक २६ गते शनिवार, तदनुसार सन् २०२२ नोभेम्बर १२ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला । पुँजी बजारको लगानी कमजोर हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा समेत चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लाभहानी, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफूले गरेका कामबाट राम्रै लाभ हुनेछ । राजनैतिक सफलता मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्ममा मन जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।










