चितवन । क्रिकेटर रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रकेट टिमको कप्तानको रुपमा नियुक्त गरिएको छ । शुक्रबार रोहितलाई नेपाल क्रिकेट संघ क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले पाएका छन् । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए ।
नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि क्यानले पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।
नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ ।











