चितवन, असार १४-
माडीको मगई खोला र घाँघर खोलामा पानीको बहाव बढेको छ । गएराति देखि भइरहेको वर्षाका कारण खोलामा बाढी आउँदा यातायातका सवारी साधन चल्न सकेका छैनन् ।
मगई र घाँघर खोलामा पानीको बहाव बढ्दा भरतपुर–माडी–ठोरी खण्डमा तत्काल सवारी साधन आवतजावत हुन नकसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । जिल्लाको अन्य सडक खण्ड भने सूचारु रहेको उनले जानकारी दिए ।
मगई खोला पुलमा भर्खर मात्रै ढलाईको काम भएकाले तत्काल ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको माडी नगरपालिका नगर प्रमुख ताराकुमारी काजी महतोले बताइन् । ढलाई गरेपछि करिब १५ दिन पर्खनुपर्ने भएकाले सवारी साधन चल्न नसकेको उनको भनाई छ ।
घाँघर खोलामा पुल निर्माणको क्रममा रहेको छ । पुल निर्माण भइनसकेकाले खोलामा पानीको बहाव बढ्दा सवारी साधन चल्न नसकेको उनले बताइन् ।












