चितवन । पहिरो खसेर एकतर्फी अवरुद्ध भएको मुग्लिङ–नारायणगढ सडकखण्ड दुईतर्फी नै सुचारु भएको छ । पहिरो पन्छाएर सकेसँगै दिउँसाे १ः१० बजेबाट सडक सुचारु भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको थियो ।
डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन प्रयोग गरी पहिरो पन्छाएको हो ।











