चितवन । माडी नगरपालिकाकाे मगई खोलामा आज आएको बाढीले एक जनालाई बगाएको छ । माडी–५ छरछरेका ४५ वर्षीय रणबहादुर कामीलाई बाढीले बगाएको हो ।
आज दिउँसो १ः२० बजेको समयमा छरछरेबाट खोला तरेर खैरहनीतर्फ जाने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बगाएका व्यक्तिको खोजतलास गर्ने काम भइरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताए ।
माडीमा भारी वर्षा भइरहेकाले खोलाहरुमा बाढी आएको छ । बाढीका कारण भरतपुर–माडी–ठोरी रुचमा चल्ने सवारी साधनहरु चल्न सकेका छैनन् ।











