चितवन । प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न कुनै पनि निर्देशन नदिएको निर्वाचन आयोग नेपालले प्रस्ट पारेको छ।
बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै आयोगले तोसिमालाई घण्टी लिएर प्रचारप्रसार गर्न नरोकेको बताएको हो ।
यसअघि निर्वाचन आयोग नेपालले तोसिमा लाई घण्टी लिएर चुनाव प्रचारप्रसार गर्दा ध्वनी प्रदुषण हुने बताएको भन्दै सामाजिक सञ्जाल तातेको थियो ।
तोसिमा कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यमा चुनाव लड्दै छन् ।












