आज २०७९ साल कात्तिक १६ गते, कात्तिक शुक्ल नवमी । तदनुसार सन् २०२२ नोभेम्बर २ तारिख । विभिन्न राशी भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्तसँग भेटघाट रहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काम वा रोजगार पाइनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शेयर बजारबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।










