चितवन । पाल्पाबाट गोरखाको मनकामना दर्शन गर्न आउँदै गरेका यात्रु बोकेको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा पाँच जना दर्शनार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएका छन् । बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।











