आज २०७९ साल कात्तिक १३ गते आइतबार । तदनुसार सन् २०२२ अक्टोबर ३० तारिख । विभिन्न राशिका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकको लागि धनलाभ हुनसक्छ । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज मेरो समय अनुकुल छैन, भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा नै उपयुक्त हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले सामाजिक सेवा भाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका व्यवसायीले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मन निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवतालाई सम्झदा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।









