काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको चुनौती दिएको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो।
साउदी अरेबियाका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए पनि अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
वर्षाका कारण पिच भिजेकाले खेल सुरु हुन ढिला हुँदा २० ओभरको खेल ८ ओभरमा छोट्याइएको हो।
नेपालका करण केसी र अविनाश बोहोराले समान २-२, ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १र१ विकेट लिए।
यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपाल आज आफ्नो अपराजित यात्रा कायम राख्ने दाउमा छ।











