चितवन । चितवनमा २० हजार भारतीय माछाका भूरा नष्ट गरिएको छ ।
भरतपुर महानगरपालिका–१६ शरणपुर स्थित मिलिजुली चोकमा वेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो ।
भारतबाट लुकाईछिपाई रुपमा ल्याएको भारतीय माछाका भूरा बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख एवम् प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए । पाण्डेको नेतृत्वमा गएको प्रहरीको टोलीले अवैध माछा बरामद गरेको हो ।
बरामद गरिएका माछा पशु क्वारेन्टाईनका प्रतिनिधी, वडा सदस्य र पत्रकारको रोहबारमा नष्ट गरिएको उनले बताए । बरामद गरि नष्ट गरिएका माछाको बजार मूल्य तीन लाख रुपैयाँ रहेको छ ।












