चितवन । चितवनको भरतपुर महानगरपालिकामा दुई वटा मोटरसाइकल र एउटा टिपर आपसमा ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर–११ नवजीवन टोल बस्ने ३८ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन् ।
मंगलवार दिउँसो करिब १ः३५ बजेको समयमा भरतपुर–११ को वडा कार्यालय अगाडि भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा प्र ०६–००२ प ७६५ नम्बरको मोटरसाइलमा सोहि दिशाबाट आउँदै गरेको ना ३९ प २१०२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको थियो ।
विशालचोकबाट भोजाडतर्फ गइरहेको प्रदेश २–०३–००१ ख ३७९८ नम्बरको टिपरले ना ३९ प २१०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोहि मोटरसाइकल चालक तामाङ गम्भीर घाइते भएकामा उपचारका क्रममा दिउँसो ४ बजेतिर पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले तीन वटै सवारी साधन र टिपर चालकलाई नियन्त्रणमा लिएको छ । बा प्र ०६–००२ प ७६५ नम्बरको मोटरसाइल चालक फरार भएको र उनको खोजतलास गर्ने काम भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।












