चितवन । रत्ननगरस्थित एकता शिशु निकेतनमा कक्षा ८ मा पढ्ने १४ वर्षीय शालीन पोखरेल मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीका अनुसार नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा सुसाइट नोट शालीनकै भएको पुष्टि भएको हो ।
उनले आफ्नो सुसाइड नोटमा ‘एभ्रिबडी आई एम सरी’ लेखेको प्रहरीले जनाएको छ।
यसअघि शालीनको झुण्डिएका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट प्राप्त भएको थियो । फागुन १२ गते स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी शालीनको आज अन्त्येष्टि गरिएको छ ।












