काठमाडौँ । पशुपतिनाथ मन्दिर क्षेत्रमा सुकाइएको कपडाहरू काठमाडौँ महानगरपालिकाले हटाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगंगामा भारतीय तीर्थ यात्रीहरूले सुकाएका लुगाफाटा महानगर प्रहरीले हटाएको हो ।
पशुपति क्षेत्र विकास कोषको बारमा भारतीय तीर्थ यात्रीहरूले आफ्ना कपडाटाहरू सुकाएका थिए । धार्मिक क्षेत्रमा लुगाफाटा सुकाउँदा अशोभनीय देखिएको भन्दै महानगरले ती लुगाफाटा हटाएको हो ।










