चितवन । चितवनमा बिहीबार पाँच ठाउँमा सवारी दुर्घटना भए । सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भयो भने सात जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–१२ मिलनचोकमा भरतपुरबाट टांडीतर्फ गइरहेको बाप्र ०३–००१ ज ४५८ नम्बरको ईलेक्ट्रिक भ्यानले ठक्कर दिँदा पैदल यात्री कास्की पोखरा महानगरपालिका–१ सिमपानी घर भई हाल भरतपुर–११ घोल बजार बस्ने बर्ष ६१ को गणेश थापा मगरको मृत्यु भयो ।
भ्यानको ठक्करबाट घाइते भएका उनको भरतपुरमा उपचारको क्रममा बिहीवार राति साढे ११ बजे मृत्यु भएको हो । भ्यान चालक फरार छन् ।
बिहीवार नै भरतपुर–६ सितारामचोक नजिकै चोक बजारबाट विकाश चोक जाँदै गरेको ना २१ प ३३३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोकि राखेको बा १९ च १६९० नम्बरको कारमा ठोक्किदा चालक भरतपुर–६ बस्ने बर्ष १७ को चिराज पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भिर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा दिउँसो साढे २ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दियो ।
ईच्छाकामना गाउँपालिका–५ साठिमुरेमा बिहीवार मुग्लिङबाट साठिमुरे जादै गरेको बा १२ च ६३७५ नम्बरको जिप अनियन्त्रित भई भित्तामा ठोक्किदा जिपमा सवार ३ जना मध्यम घाईते भए । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भएको छ ।
खैरहनी नगरपालिका–५ बुढौली चोक नजिकै ना २ ह ७८४ नम्बरको अटो र ध २ प १५६७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक र अटोमा सवार एक जना मध्यम घाईते भए । उनीहरुको स्थानीय चौधरी मेडिकलमा उपचार भएको प्रहरीले जानकारी दिएको छ ।
भरतपुर–१२ बसन्तचोकमा बिहीवार नै ना १ ज ९४७३ नम्बरको म्याजिकले ना ६ प ९४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१६ बस्ने बर्ष २१ को मनिस सुनार र मोटरसाइकलको पछाडि सवार बर्ष २३ को सुरेश विक घाईते भए । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भएको छ ।












