चितवन । लेदोसहितको पहिरो खसेर नारायणगढ-मुग्लिन सडक दुबै तर्फी अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज विहान करिब ८:२० बजेको समयमा भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उक्त स्थानमा प्रहरी चौकी जुगेडी र इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलीले सडक डिभिजनसंग समन्वय गरी बाटो खुलाउने काम भई रहेको प्रहरी कार्यालयले बताएको छ ।











