चितवन । नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्र बीच ३० वर्षदेखि बन्द भएको बीरगंज कृषि औजार कारखानालाई सञ्चालन गर्नको लागि सम्झौता भएको छ । सरकारले कारखाना सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई दिएको छ । यद्यपी कारखाना जिर्ण अवस्थामा पुगिसकेको छ ।
कारखानाको छतमा रुखहरु उम्रेर त्यसको जरा कारखानाको भुइँसम्म आएको छ। सो कारखाना १० बिघा जग्गामा फैलिएको छ र केहि भवनहरु रुखले ढाकि सकेका छन् ।





सबै फोटो : महाविर पुन











