चितवन । नारायणी नदीमा माछा मार्न गएका भरतपुर महानगरपालिका–१६ भगेरीथानका १८ वर्षीय समिर परियार मृत फेला परेका छन् ।
हिजो (बिहीवार) साँझ ५ बजेको समयमा माछा मार्न गएका परियार साँझ ७ बजेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो ।
उनले लगाएको चप्पल र माछा मार्न प्रयोग गरेको बल्छि फेला परेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
खोजी गर्ने क्रममा आज बिहान ८ः२५ बजेको समयमा नदीमा डुबी मृत्यु भएको अवस्थामा परियारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । निज युवक छारे रोगी समेत रहेको पाइएको उनले बताए ।











