काठमाडौं। भारत र अष्ट्रेलियाबीच ५ टी–२० खेलको घरेलु सिरिज सुरु हुँदैछ।
पहिलो खेल राति सवा ७ बजे विशाखापट्टनममा सुरु हुनेछ । टी–२० मा पहिलो पटक कप्तानी गर्न लागेका सूर्यकुमार यादवले विश्वकपको हार पीडादायी भएको बताएका छन्।
विश्वकपको हारबाट मुक्त हुन समय लाग्ने बताउदै यादवले यो ठुलो प्रतियोगिता भएकाले बिहान उठेर एक्कासी यो विर्सन सम्भव नभएको बताए ।
अष्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।












