काठमाडौं । एपी वान टीभीले पत्रकार भुषण दाहालको कार्यक्रम प्रशारणमा रोक लगाएको छ ।
उनले आफ्नो कार्यक्रममा दुर्गा प्रसाईंलाई अतिथि बनाएका थिए । उनले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराउँदै ३५ वर्षे अनुभवमा पहिलोपटक यस्तो भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवानएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।”
दाहालले व्यवस्थापनको हवाला दिँदै कर्मचारीले फोन गरेर कार्यक्रम रोकिने बताएको जानकारी दिए ।
“त्यसपछि मैले हस् भनिदिएँ,” उनले भने, “अब दुर्गा प्रसाईंकोमात्रै हो कि अरु पनि लिस्टमा छन् मलाई थाहा भएन ।” उनले कन्टेन्ट नहेरी कसैको दबाबमा यस्तो भएको हुन सक्ने बताए । तर दबाब को बाट आएको होला भन्ने प्रश्नमा भने उनले केही बताएनन् ।











